ad ad

समाज


भारतका गरिब जनता सरकारलाई भन्दा सोनु सुदलाई बढी विश्वास गर्छन्!

भारतका गरिब जनता सरकारलाई भन्दा सोनु सुदलाई बढी विश्वास गर्छन्!

नेपालखबर
बैशाख १५, २०७८ बुधबार १०:३०,

सोनुको मूर्ति नै बनाएर पूजा गर्न थालिएको छ। किन उनलाई यति सम्मान गरिएको हो त?

वास्तवमा समाज सेवाले उनलाई महान बनाएको हो।

कोरोना प्रकोपका बेला भारतका गरिब, मजदुरहरुको हितका लागि उल्लेखनीय काम गरेपछि उनलाई सरकारभन्दा बढी विश्वास गर्न थालिएको हो। ।

उनले लकडाउनका कारण घर जान नपाएका र खान नपाएकाको मद्दत गरेका थिए।

Sonu Sood Temple Comes Up In Telangana; Locals Build This In His Honour |  Curly Talesसोनुको मूर्ति बनाएर उनको पुजासमेत गर्न थालिएको छ।

सो क्रममा उनको चर्चा यसरी चुलियो मानिसहरुले ‘जसलाई भागवानले साथ दिँदैन त्यसलाई सोनु सुदले साथ दिन्छ’ भन्ने नारा लगाउन थालेका थिए।

हाल सोनुले यस्तै गरिबी, अभाव र भोकमरीको चपेटामा परेकाको सहयोग गरिरहेका छन्। भारतमा मात्र नभएर सोनुको विश्वभर चर्चा चुलिएको छ।

अझै पनि सोनुलाई भारतभरबाट सहयोगको लागि म्यासेज आउने गरेको छ। हाल कोरोना संक्रमित उनी घरमै आइसोलेसनमा छन्।

In Pics: Sonu Sood pays surprise visit to fan's roadside food stall in  Hyderabad

हालै सार्वजनिक भएको एउटा भिडिओमा सोनुको मोबाइलमा हरेक सेकेन्ड सहयोगका लागि साथै धन्यवाद दिनको लागि म्यासेज आउने गरेको देखिएको छ।

उनले सहयोग माग्ने सबैलाई ढिलो चाँडो सहयोग गरिने बताएका छन्। सोनुको समाज सेवाको उच्च कदर गर्दै स्पाइस जेटको विमानमा ‘सेभियर सोनु सुद’ अर्थात् सोनु सबैका उद्धारकर्ता हुन् भनेर पनि लेखिएको छ।

सोनुलाई हरेक सेकेन्ड आउँछ म्यासेज (भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .