ad ad

समाज


संक्रमणदर ह्वात्तै बढ्यो, साढे १६ हजारको परीक्षण गर्दा ७ हजार बढी संक्रमित

संक्रमणदर ह्वात्तै बढ्यो, साढे १६ हजारको परीक्षण गर्दा ७ हजार बढी संक्रमित

नेपालखबर
बैशाख १९, २०७८ आइतबार ११:२७,

नेपालमा कोरोना संक्रमण फैलने दर बढ्दै गएको छ।

आइतबार १६ हजार ७७० जनामा परीक्षण गर्दा ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संक्रमणदर ४३ प्रतिशत हुन आउँछ।

पछिल्लो समयमा दैनिक पाँच हजार भन्दाबढीको संख्यामा कोरोना संक्रमित थपिँदै गएका छन्।

त्रिवि शिक्षण अस्पताल कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले समुदायमा अहिले ठूलो संख्यामा कोरोना संक्रमित रहेको र उनीहरुको परीक्षण नभएको आशंका गरेका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङका क्रममा डा. दासले संक्रमण डरलाग्दो गरी फैलिरहेको बताए। उनले संक्रमण दर ५ प्रतिशत भन्दा बढी हुनु खतराको संकेत भएको स्पष्ट पारे।

यस्तै, पछिल्लो दिनमा कोरोना संक्रमणबाट गम्भीर बिरामी हुनेको संख्या पनि बढ्दै गएको छ। डा. दासले आईसीयू र भेन्टिलेटरको आवश्यकता पर्ने बिरामीको संख्या पनि बढ्दै गएको बताए।

स्वास्थ्य मन्त्रालयका अनुसार आज ४७७ जना आईसीयूमा उपचाररत रहेकोमा १७१ जना भेन्टिलेटरमा छन्।

भारत जस्तो स्वास्थ्य सेवा राम्रो भएको देशमा समेत उपचारमा समस्या परिरहेको सन्दर्भमा नेपालमा उपचार सुविधाका लागि स्वास्थ्य पूर्वाधारमा तत्काल ध्यान दिनुपर्ने उनले बताए।

यस्तै, अहिले मृत्यु दर पनि बढिरहेको छ। आइतबार मात्रै २७ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

यस्तै, आज एक हजार ६१२ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। यो सँगै निको हुनेको प्रतिशत ८४.५१ मा झरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .