कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न महोत्तरीमा बुधबारदेखि निषेधाज्ञा घोषणा गरिएको छ।
आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले अगामी वैशाख २२ गते बिहान ६ बजेदेखि ९ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
अगामी वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जिल्ला भरि निषेधाज्ञा जारी गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।
बैठकले प्रत्येक स्थानीय तहलाई २०–२० वटा अक्सिजन हाललाई व्यवस्था मिलाउन, सबै स्वास्थ्यकर्मीलाई अनिवार्य रुपमा परिचालन गर्न, सरकारी कार्यालयहरुमा अतिआवश्यक कार्यहरु जारी राख्न तथा स्वास्थ्यकर्मी समेतलाई मास्क, सेनिटाइजर उपलब्ध गराउने र स्वास्थ्य सुरक्षामा ध्यान दिन निर्देशन दिने निर्णय गरेको छ।
यस्तै सबै स्थानीय तहलाई आइशोलेसन केन्द्र स्थापना गर्न र स्वाब संकलनको लागि अतिआवश्यक उपकरण सहितको व्यवस्था गर्न समेत निर्णय गरेको छ।
प्रतिक्रिया