ad ad

समाज


राष्ट्रिय समावेशी आयोगका सदस्य जोशीको कोरोनाका कारण निधन

राष्ट्रिय समावेशी आयोगका सदस्य जोशीको कोरोनाका कारण निधन

नेपालखबर
बैशाख २२, २०७८ बुधबार ११:४७,

केहि महिनाअघि राष्ट्रिय समावेशी आयोगमा नियुक्त रामचन्द्र जोशीको कोरोना संक्रमणका कारण निधन भएको छ।

कोरोना संक्रमण भएपछि धुलिखेल अस्पतालमा उपचाररत् रहेका उनको बुधबार बिहान निधन भएको जोशीका ज्वाईं सन्तोष न्यौपानेले बताए।

‘उहाँलाई सोमबार अस्पताल भर्ना गरी उच्च अक्सिजन दिएर राखिएको थियो,’ न्यौपानेले नेपालखबरसँग भने, ‘अवस्था थप जटिल भएपछि हिजो मंगलबार साँझ आईसीयूमा भर्ना गर्दा पनि कुनै सुधार भएन।’
उनका अनुसार अस्पतालले आज बिहान ११ः५२ मा निधन भएको घोषणा गरेको हो।

६० वर्षीय जोशी गत माघमा राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त भएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले बिभिन्न संवैधानिक निकायमा ३२ जना सिफारिश गर्दा उनलाई पनि गरेका हुन्।

कैलालीवासी जोशी नेकपा–एमाले पार्टीमा सक्रिय थिए। उनले मदन भण्डारी फाउण्डेसन लगायतका बिभिन्न संघसंस्थामा रहेर काम गरेका थिए।

उनको परिवारमा श्रीमती, २ छोरा, १ छोरी लगायत अन्य सदस्यहरु रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .