ad ad

समाज


कोरोनाः भारतका चर्चित भ्लगर राहुलको निधन, अन्तिम भिडिओमा खुलाए अस्पतालको कमजोरी

कोरोनाः भारतका चर्चित भ्लगर राहुलको निधन, अन्तिम भिडिओमा खुलाए अस्पतालको कमजोरी

नेपालखबर
बैशाख २९, २०७८ बुधबार १२:८,

युट्युबर तथा भ्लगर राहुल बोहराको आइतबार मृत्यु भएको हो। भारतीय संचारमाध्यमका अनुसार उनी कोरोना भाइरसबाट संक्रमित भएका थिए।

सास फेर्न गाह्रो भएपछि उनी अस्पतालमा उपचाररत थिए। राहुलको मृत्युसँगै उनकी श्रीमतीले एउटा भिडिओ सार्वजनिक गरेकी छिन्।

जहाँबाट अस्पतालको लापरवाहीकै कारण राहुलको मृत्यु भएको स्पष्ट हुन्छ। राहुलले भिडिओमा आफूलाई अक्सिजन बिनै अक्सिजन मास्क मात्र प्रदान गरिएको बताएका छन्।

Mujhe bhi treatment acha mil jata, To main bhi bach jata tumhaara Irahul Vohra Name-Rahul Vohra Age -35 Hospital name...

Posted by Irahul Vohra on Saturday, May 8, 2021

उनले आफूलाई सास फेर्न निकै गाह्रो भइरहेको बताएका छन्। यसबाट हाल भारतमा अक्सिजन अभाव चरम रुपमा रहेको स्पष्ट हुन्छ।

अस्पतालको लापरवाहीकै कारण राहुलको मृत्यु भएको भन्दै ज्याति तिवारीले न्यायको माग गरेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .