पूर्वराजा ज्ञानेन्द्र शाह कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्च भएका छन्।
उनी बुधबार राति ८ बजे नर्भिक अस्पतालबाट डिस्चार्ज भएका हन्।
कोरोना संक्रमण भएपछि शाह पूर्वरानी कोमल र छोरी प्रेरणासहित १९ दिनअघि नर्भिक अस्पतालमा भर्ना भएका थिए।
अस्पतालमा उनलाई अक्सिजनको सपोर्ट दिएर राखिएको थियो। लगातारको उपचारपछि उनको स्वास्थ्यमा निकै राम्रो सुधार भएको अस्पतालले जनाएको छ।
कोरोनाका लक्षणहरु हराएपछि उनको ३ दिनअघि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको थियो। त्यसपछिको अवस्थामा पनि सुधार भएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो।
अस्पतालमा उपचाररत पूर्वमहारानी कोमल शाहको अवस्था भने सुधारोन्मुख छ। स्वास्थ्यमा सुधार भएसँगै उनलाई दिइने अक्सिजनको मात्रा लगातार घटाउँदै उपचारलाई जारी राखिएको छ।
उनलाई केही दिनअघि अवस्थामा सुधार भएपछि आइसियूबाट वार्डमा सारिएको थियो। उनको उपचार प्लाज्मा थेरापी विधिबाटसमेत गरिएको थियो।
पूर्व अधिराजकुमारी प्रेरणा शाहको स्वाब रिपोर्ट नेगेटिभ आए पनि उनी आमासँग अस्पतालमै छन्।
पूर्वराजा, पूर्वरानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवाल र चेस्ट फिजिसियन डा. बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो।
नर्भिकको टिमलाई पूर्व राजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए।
प्रतिक्रिया