रुपन्देहीका अस्पतालमा अक्सिजनको अभावमा उपचारै नपाई बिरामीको मृत्यु हुन थालेपछि नेपाली सेनाले हेलिकप्टरबाट अक्सिजन त्यहाँ पुर्याएको छ।
बुधबार नेपाली सेनाको एमआई १७ हेलिकप्टरले ४१ वटा अक्सिजन सिलिण्डर भैरहवा विमानस्थलमा पुर्याएको रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले बताए। सेनाले सिमराबाट लगेका ती अक्सिजन सिलिन्डर भीम अस्पताल र लुम्विनी प्रादेशिक अस्पतालमा दिइएको छ।
‘बिरामीका लागि आपतै परेको सूचना अस्पतालबाट आएपछिसेनाले ४१ वटा सिलिन्डर ल्याएको छ, भोलि थप सिलिन्डर आउँदैछन्’, एसपी केसीले नेपालखबरसँग भने।
बिहीबार थप एक सय सिलिण्डर लैजाने तयारी छ।
3
Shares
प्रतिक्रिया