स्थानीय प्रशासनले धनुषामा पुनः १० दिन निषेधाज्ञा थप गरेको छ।
वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्मको लागि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले एक सूचना जारी गर्दै जेठ १० गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको जानकारी दिएका हुन्।
कोरोनाको दोस्रो लहरमा गएको वैशाख २१ गते बिहानदेखि वैशाख ३१ गते मध्यराति सम्मको लागि जारी गरिएको निषेधाको समय भोलि राति सकिँदै छ।
पहिलो चरणको निषेधाज्ञा सकिनु अघि पुनः प्रशासनले १० दिन निषेधाज्ञा थप गरेको हो।
प्रतिक्रिया