ad ad

समाज


संसद सचिवालयको खोप कार्यक्रम स्थगित

संसद सचिवालयको खोप कार्यक्रम स्थगित

नेपालखबर
जेठ २, २०७८ आइतबार १५:१,

संघीय संसद सचिवालयले दोस्रो चरणको खोप कार्यक्रम स्थगित गरेको छ।

संसदसँग मात्रै सरोकार राख्नेहरु भन्दा बाहिरका पनि खोप कार्यक्रममा सहभागी भएपछि खोप अभाव भएको भन्दै सचिवालयले कार्यक्रम नै स्थगित गरेको हो।

संसद सचिवालयले माग गरेको भन्दा झण्डै दोब्बरको संख्यामा खोप लगाउनेहरु भएपछि खोप अभाव भएको हो।

संसदसँग सरोकार राख्ने भन्दा बाहिरकाले खोप लगाएपछि संसद सचिवालयकै कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार, सुरक्षाकर्मीहरु दोस्रो खोप लगाउनबाट बञ्चित भएका छन्।

संसद सचिवालयले सिभिल अस्पतालमा कोभिसिल्डको पहिलो खोप लगाएका सांसद, कर्मचारी, मर्यादापालक, संसदीय पत्रकार लगायतका लागि दोस्रो डोजको कार्यक्रम राखेको थियो।

सोही कार्यक्रम अनुसार संसद सचिवालयसँग सम्बन्धितहरुले पहिलो डोज लगाएको संख्याको आधारमा स्वास्थ्य मन्त्रालयसँग खोप माग गरेको थियो।

सचिवालयले अघिल्लो डोज १४ सय ६५ खोप मागेर भीड नहुने गरी खोप लगाउनका लागि ३ दिनको कार्यतालिका सार्वजनिक गरेको थियो। कोभिसिल्ड खोपको दोस्रो डोजको सुनिश्चितता हुन नसक्दा सांसदका परिवार, आफन्त, नजिकका, कर्मचारीका परिवार, आफन्त लगायत पनि खोप कार्यक्रममा सहभागी भए।

इन्टरनेट सेवा प्रदायक संस्था क्यासिक टेक, केयुकेएल लगायत संस्थाका कर्मचारीले पनि खोप लगाएका थिए।

संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले दोस्रो डोजको सुनिश्चितता नहुँदा सांसदका परिवार, आफन्त, नजिकका मान्छे अनी संसद सचिवालय भन्दा बाहिरका सहभागी हुँदा समस्या भएको बताए।

संसद सचिवलायले १४ सय ६५ खोप माग गरेकोमा दुई दिनमा १७ सय २९ खोप लगाईएको छ।

जेठ १ गते ९ सय ५० जनाले र बैशाख ३१ गते ७ सय ७९ जनाले खोप लगाएका छन्। अझै पनि संसद सचिवालयका मर्यादापालक, सुरक्षाकर्मी र पत्रकारहरु नै दोस्रो डोज लगाउन पाएका छैनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .