कोरोना संक्रमितका लागि भारतले बनाएको खाने औषधि २–डीजी आज सोमबार शुभारम्भ (लन्च) गरिँदैछ।
त्यहाँको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले विकास गरेको २–डीजी औषधिको पहिलो खेप रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्यमन्त्री डा. हर्षवर्द्धनले आज बिहान साढे १० बजे शुभारम्भ गर्ने भएका हुन्।
हैदराबादस्थित डा. रेड्डिज प्रयोगशालामा यो औषधिको १० हजार डोज तयार भएको बताइएको छ।
अहिलेसम्म कोरोना संक्रमण हुँदा खाने कुनै निश्चित औषधि नभएको अवस्थामा भारतले बनाएको पाउडर औषधि निकै फाइदाजनक देखिएको दाबी गरिएको छ।
*सच्याइएकाे (यसअघि असावधानीवश ‘खोपको साटो’ शब्द प्रयोग गरिएकाले)
यो पनि : भारतमा तयार कोरोना संक्रमणविरुद्ध खाने पाउडर औषधि कस्तो हो? सात जिज्ञासा र जवाफ
प्रतिक्रिया