ad ad

समाज


दाजुभाइको घाँटी रेटेर हत्या प्रकरणमा शंकास्पद केहि व्यक्ति नियन्त्रणमा

दाजुभाइको घाँटी रेटेर हत्या प्रकरणमा शंकास्पद केहि व्यक्ति नियन्त्रणमा

शैलेन्द्र महतो
जेठ ४, २०७८ मंगलबार ५:५५,

बारामा खेल्न निस्केका दाजुभाइको घाँटी रेटेर हत्या भएको छ। कलैया उपमहानगरपालिका–७ सरंगापुर बस्ने अब्दुल गफार अन्सारीका छोरा ९ वर्षीय उशमान अन्सारी र ७ वर्षीय अमिन अन्सारीको घाँटी रेटेर विभत्स हत्या भएको छ।

दाजुभाइको शव घाँटी रेटेर हत्या भएको अवस्थामा मंगलबार बिहान स्थानीय एक मदरसामा फेला परेको हो।

उनीहरु सोमबार साँझ ७ बजे खेल्न निस्केका थिए। अबेर रातिसम्म घर नफर्किएपछि परिवारजनले खोजविन गरेका थिए।

नभेटेपछि स्थानीय प्रहरीमा पनि जानकारी गराइएको थियो। खोजविनको क्रममा दाजुभाइको शव घाँटी रेटेर हत्या भएको अवस्थामा भेटिएको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए।

प्रहरीको टोली अहिले घटनास्थलमा पुगेको छ। हत्यामा संलग्न भएको आशंकामा केहि व्यक्तिलाइ सोधपुछको लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

हत्यारा पत्ता लगाउन अहिले विशेष तालिम प्राप्त कुकुरको टोलि प्रदेश प्रहरी कार्यालय जनकपुरबाट घटनास्थलको अनुसन्धानको लागि आउन लागेको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए।

‘साँझ बालकहरु खेल्न निस्केका थिए। खोजविनको क्रममा दुबै बालकको शव फेला परेको हो। घटनाको विषयमा अनुसन्धान गर्दैछौं’ उनले नेपालखबरसंग भने ‘अहिले डग टोलि घटनस्थलको अनुसन्धानका लागि आउँदै छ। त्यसपछि शव पोस्टमार्टमको लागि लग्छौं।’

अन्सारीका दुई मात्र छोरा थिए भने दुई छोरी छन्। दुईछोराको हत्याले अन्सारीको परिवारसहित गाउँले शोकमा डुबेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .