ad ad

समाज


तथ्यांकमा हेर्नुहोस्- कोरोनाको दोस्रो लहर पहिलोभन्दा कति बढी घातक?

तथ्यांकमा हेर्नुहोस्- कोरोनाको दोस्रो लहर पहिलोभन्दा कति बढी घातक?

डा. अर्चना श्रेष्ठ
जेठ ९, २०७८ आइतबार ११:५८,

नेपालमा गत साताभन्दा यो साता कोरोना संक्रमण ५.७ प्रतिशतले घटेको छ। केही प्रदेशमा संक्रमण दर घटेको छ भने अरुमा बढेको छ।

बागमतीमा १६.३१, गण्डकीमा १०.८७ र लुम्बिनीमा १९.१ प्रतिशतले संक्रमण घटेको छ। अर्कोतिर, कर्णालीमा २९.१, प्रदेश २ मा १०५.१, प्रदेश १ मा २६.८ र सुदूरपश्चिममा ९.६ प्रतिशतले संक्रमण बढेको छ।

नेपालमा प्रतिलाख २७.८ जनामा कोरोना संक्रमण दर देखिन्छ। प्रतिलाख १० जनाभन्दा बढी संक्रमित देखिएका जिल्लामा व्यापक संक्रमण फैलिएको मानिन्छ। नेपालमा कम्तीमा ५० वटा जिल्लामा संक्रमण व्यापक रुपमा फैलिएको देखिन्छ। यस्तै ८ जिल्लाहरुमा अधिक, ९ जिल्लामा मध्यम र १० जिल्लामा न्यून संक्रमण फैलिएको छ। अधिक भन्नाले प्रतिलाख ६ देखि १०, मध्यम भन्नाले प्रतिलाख २ देखि ५ र न्यून भन्नाले प्रतिलाख २ भन्दा तल संक्रमण देखिनु भन्ने हुन्छ।

COVID Graphics 1

अघिल्लो वर्षको तुलनामा यो वर्ष लगभग तीन गुणा धेरै संक्रमण वृद्धि भएको छ। अहिले हामी दोस्रो लहरको उत्कर्षमा पुगिसकेका छौँ। पहिलो लहरमा उत्कर्षमा पुगेका बेला प्रतिदश लाख १३१.७ जनामा दैनिक संक्रमण देखिएको थियो भने अहिले प्रतिदश लाख ३०७.६ जनामा संक्रमण देखिएको छ।

कोभिड परीक्षण पोजिटिभिटी दर पनि पहिलो लहरभन्दा दोस्रो लहरमा बढी बढेको छ। पहिलो लहरको उत्कर्षमा २५.२ प्रतिशत पोजिटिभिटी रेट देखिएको थियो भने यसवर्ष ४६.७ प्रतिशत पोजिटिभिटी दर देखिएको छ।

COVID Graphics 3

उमेर समूहको हिसाबले पहिलो र दोस्रो दुवै लहरमा २५ देखि ४५ वर्षभित्रका व्यक्ति सबैभन्दा बढी संक्रमित भएका छन्। यो उमेर समूहको जनसंख्या नेपालमा बढी भएका कारणले पनि यस्तो देखिएको हो।

पहिलो लहरमा भन्दा दोस्रो लहरमा मृत्युदर पनि एकदमै बढी देखिएको छ। पहिलो लहरमा मृत्युदर ०.७५ प्रतिशत थियो भने अहिले १.३१ प्रतिशत संक्रमितहरुको मृत्यु भएको छ। हरेक उमेर समूह पहिलोको तुलनामा दोस्रो लहरमा मृत्युदर बढी देखिएको छ।

पहिलो लहरमा ४ वर्षमुनिका संक्रमित बालबालिकामध्ये ०.२ प्रतिशतको मृत्यु भएको थियो। दोस्रो लहरमा यो दर १.९ प्रतिशत छ। यस्तै ८५ वर्षमाथिको उमेर समूहमा दोस्रो लहरमा १६.१ प्रतिशत संक्रमितको ज्यान गएको छ। जबकि पहिलो लहरमा यो दर १०.१ प्रतिशत मात्रै थियो। उमेर समूह बढ्दै जाँदा मृत्यदर पनि बढ्दै गएको देखिन्छ।

COVID Graphics 4

५० जिल्लामा व्यापक संक्रमण फैलिएको र मृत्युदर पनि बढिरहेको अवस्था छ। अघिल्लो साताको तुलनामा संक्रमण अलिकति घटेको देखिए पनि जनस्वास्थ्यका मापदण्ड पालना गरेनौँ भने यो अझै बढ्न थाल्छ। त्यसैले संक्रमण नियन्त्रणमा हरेकको भूमिका महत्वपूर्ण छ।

त्यसैले कसैलाई शंका लागेमा जाँच गर्ने र आफूलाई आइसोलेट गर्ने गर्नुपर्छ। उच्च जोखिम भएका ठाउँमा समूहगत रुपमा परीक्षण गर्नुपर्छ, कन्ट्याक्ट ट्रेसिङमा ध्यान दिनुपर्छ।

कोराेनाको ट्रेन्ड देखाउने थप ग्राफिक्सहरु:

COVID Graphics 5

COVID Graphics 6

COVID Graphics 7

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .