ad ad

समाज


सामाजिक सञ्जाल कम्पनीलाई भारतीय भेरियन्ट लेखिएका सबै पोस्ट हटाउन भारतको निर्देशन

सामाजिक सञ्जाल कम्पनीलाई भारतीय भेरियन्ट लेखिएका सबै पोस्ट हटाउन भारतको निर्देशन

नेपालखबर
जेठ ९, २०७८ आइतबार १२:२६,

भारत सरकारका अनुसार विश्व स्वास्थ्य संगठनले भारतमा पहिलोपटक देखिएको भारतीय भेरियन्ट भनिएको नयाँ कोरोना भाइरसलाई B.1.617.3 प्रकारको रुपमा सूचिकृत गरेको छ।

डब्लूएचओले नै भारतीय भेरियन्ट नभनेको अवस्थामा सामाजिक संजालमा B.1.617.3 भाइरसलाई भारतीय भेरियन्ट भनिनु गलत भएको भारतको सूचना प्रविधि मन्त्रालयले जनाएको छ।

कोरोना भाइरसको अवस्थालाई व्यवस्थापन गर्ने विषयमा भारत सरकार आलोचित बन्दै आएको छ।

हाल विश्वमा कोरोनाको नयाँ रुपलाई चिनाउन यूके भेरिएन्ट, ब्राजिल भेरिएन्ट, दक्षिण अफ्रिकी भेरियन्टजस्ता नाम पनि प्रयोग भइरहेका छन्।

जुन देशमा नयाँ प्रकारको कोरोना देखिएको त्यसलाई चिन्नको लागि यसरी देशको नाम उल्लेख हुन थालेको हो।

फेसबुक, ट्विटर, युट्युबजस्ता सामाजिक संजालमा भारतीय भेरियन्ट खतरनाक भएको भनेर पोस्ट भइरहन्छन्।

यस्तो अवस्थामा भारतले सामाजिक संजाल कम्पनीहरुलाई त्यस्ता पोस्ट हटाउन भनेको हो।

गत महिना पनि दिल्लीले ट्विटरलाई महामारीका विषयमा सरकारको आलोचना गरिएका सामग्रीहरू मेट्न आदेश दिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .