ad ad

राजनीति


राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि मुद्दा लाग्दैन : प्रधानमन्त्री ओली

राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि मुद्दा लाग्दैन : प्रधानमन्त्री ओली

नेपालखबर
जेठ ९, २०७८ आइतबार १२:७,

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जति नै मुद्दा हाले पनि नलाग्ने दाबी गरेका छन्।

प्रतिनिधि सभा विघटन गर्ने ओलीको असंवैधानिक कदममा साथ दिएको भन्दै व्यापक आलोचना भइरहेका बेला ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले गरेको जिकिर गरे।

उनले भने, ‘मोर्चा कसेर मुद्दा हाल्ने, सच्चाइका लागि एकजनाले हाले पनि धेरैले मोर्चा कसेर हाले पनि त्यही हो, ओलीले आइतबार बालुवाटारमा प्रेस चौतारीआबद्ध पत्रकारसँग भने, ‘न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुको कुनै अर्थ हुँदैन। राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने ठाउँमा कुनै उजुरी लाग्दैन।’

राष्ट्रपतिले गरेको निर्णयविरुद्ध मोर्चाबन्दी गरेर मुद्दा हाल्ने प्रयास भइरहेको खबर आफूले सुनेको भन्दै ओलीले जतिजनाले मुद्दा राखे पनि त्यसको अर्थ नहुने बताए।

जेठ ७ गते १ सय ४९ जना सांसदको हस्ताक्षरसहित धारा ७६ (५) अनुसार प्रधानमन्त्रीको दाबी गर्न पेश भएको कांग्रेस सभापति शेरबहादुर देउवाको दाबी राष्ट्रपतिले खारेज गरिदिएकी थिइन्। सो कदमप्रति कांग्रेस सहितका ५ दलले कानुनी र न्यायिक लडाइँ लड्ने सहमति गरेका छन्।

भोलि सोमबार पाँच दलले सर्वाेच्च अदालतमा १ सय ४९ जनाकै हस्ताक्षर र नागरिकतासहित जाने तयारी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .