ad ad

समाज


कुलदेवताको विवादमा हत्या प्रकरण : दाइ र भतिज पक्राउ

कुलदेवताको विवादमा हत्या प्रकरण : दाइ र भतिज पक्राउ

शैलेन्द्र महतो
जेठ २९, २०७८ शनिबार ८:१७,

घरको कुलदेवताको विषयमा विवाद हुँदा भाइको हत्या आरोपमा दाइसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुरा ५० वर्षीय रामचन्द्र साह र उनका छोरा मुकेश साह रहेको महोत्तरीका प्रहरी प्रमुख (एसपी) दिनेश आचार्यले नेपालखबरलाई जानकारी दिए।

शनिबार बिहान दुबैजनालाई पक्राउ गरेको उनले बताए। स्थानीयका अनुसार घरको कुलदेउताको विषयमा विवाद हुँदा दाई रामचन्द्रसहित उनका परिवारले ४५ वर्षीय भाइ लक्ष्मणको कुटेर हत्या गरेका हुन्।

गएको जेठ २६ गते घरको देउताको विषयमा विवाद हुँदा रामचन्द्रसहित उनका परिवारले मिलेर लक्ष्मणमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। लक्ष्मणको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो। मृत्यु पश्चात् रामचन्द्रसहित उनका परिवार फरार भएका थिए।

खोजविनको क्रममा शनिबार बिहान बाबु र छोरालाई पक्राउ गरिएको अन्य फरारको खोजिकार्य जारी रहेको एसपी आचार्यले जानकारी दिए।

लक्ष्मणको शव काठमाडौंमै पोस्टमार्टम गरि शुक्रबार राति घर ल्याइएको छ।

यो पनि :
महोत्तरीमा ‘देउता’को विवादमा मान्छेको हत्या!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .