ad ad

समाज


नारायणी नदीले सीमा नाघ्यो, चितवन र नवलपरासीवासीलाई उच्च सतर्कता अपनाउन आग्रह

नारायणी नदीले सीमा नाघ्यो, चितवन र नवलपरासीवासीलाई उच्च सतर्कता अपनाउन आग्रह

नेपालखबर
असार १, २०७८ मंगलबार १२:४९,

नारायणी नदीले सतर्कता सीमा नाघेको र बढ्दो क्रममा रहेकाले चितवन र नवलपरासीको तटीय क्षेत्रका बासिन्दालाई भोलि बुधबार बिहानसम्मै उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

महाशाखाले मंगलबार दिउँसो जारी गरेको सूचनाअनुसार नारायणी नदी देवघाट जलमापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको हो।

सूचनामा भनिएको छ : यो बढ्दो क्रममा छ। नारायणी जलाधारमा भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमान रहेकाले जल सतह खतरा तह आसपास पुग्ने देखिन्छ। चितवन र नवलपरासीको तटीय क्षेत्रमा हुनेहरूले भोलि बिहानसम्मै उच्च सतर्कता अपनाऔं।’

narayani taha

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .