सिन्धुपाल्चोकमा बाढीले बबन्डर मच्चाएको छ। अविरल वर्षपछि गए राति मेलम्चीमा आएको बाढीमा परेर ७ जनाले ज्यान गुमाएका छन्।
बाढी बस्तीमा पस्दा ठूलो संख्यामा मानिसहरु घरबार बिहिन भएका छन्।
हेलम्बु गाउँपालिका १ मा रहेका सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोष्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल, सोही गाउँपालिका ७ स्थित ७ वटा ट्राउण्ट माछा फर्म र मेलम्ची नगरपालिका १० र ११ जोड्ने पक्की पुल बगाएको छ।
अहिले पनि बाढीमा परेकाहरुको उद्धर जारी छ।
तस्बिर स्रोत : आदित्य दाहाल
प्रतिक्रिया