ad ad

समाज


अमेरिकाले युद्धपोतको क्षमता जाँच्न हजारौं केजी विस्फोटक पड्काउँदा गयो भूकम्प (भिडिओ)

अमेरिकाले युद्धपोतको क्षमता जाँच्न हजारौं केजी विस्फोटक पड्काउँदा गयो भूकम्प (भिडिओ)

नेपालखबर
असार ७, २०७८ सोमबार १२:५,

अमेरिकी भूवैज्ञानिक सर्वेक्षणलाई उद्धृत गर्दै बीबीसीले दिएको जानकारी अनुसार सो विस्फोटनबाट ३ दशमलब ९ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ।

अमेरिकी नौसेनाले यूएसएस जेराल्ड आर. फोर्ड युद्धपोतको क्षमता परीक्षण गरेको हो।

फ्लोरिडा राज्यको तट नजिक आन्द्र महासागरमा यो परीक्षण गरिएको हो।

समुद्री युद्धमा युद्धपोत महत्वपूर्ण हतियार हो। यसमा युद्धक विमानहरु राख्न सकिन्छ भने यसमा क्षेप्यास्त्र हान्ने र क्षेप्यास्त्र रोक्ने हतियार प्रविधि जडान हुन्छ।

अनेक चरणका परीक्षण पार गरेपछि यसलाई समुद्रमा तैनाथ गरिन्छ, अर्थात यो युद्धको लागि तयार हुन्छ।

१८ हजार १४३ केजीको विस्फोटक पदार्थ नजिकै पड्काउँदा समेत यस युद्धपोतमा कुनै क्षति भएको छैन।

(भिडिओ)

यसको अर्थ यसले एक चरणको परीक्षण पार गरेको छ। विस्फोटक पदार्थ नजिकै राखेर गरिने परीक्षणलाई ‘फुल सिप सक ट्रायल’ भनिन्छ जुनमा यो पास भएको छ। अधिकारीहरुका अनुसार यो युद्धपोतलाई ड्राइ डकमा पठाएर फेरि मर्मत गरिनेछ।

सन् १९८७ यता अमेरिकाले पहिलोपटक युद्धपोतमा यस्तो परीक्षण गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

हाल परीक्षण गरिएको यस युद्धपोतलाई सन् २०२४ भित्र समुद्रमा तैनाथ गरिने बताइएको छ।

अमेरिकाले फोर्ड–क्लासका अन्य तीन युद्धपोत यूएसएस जोन एफ. केनिडी ‘सीभीएन–७९’ , युएसएस इन्टरप्राइज ‘सीभीएन–८०’ तथा यूएसएस डोरिस मिलर ‘सीभीएन–८१’ पनि परीक्षण गरिरहेको छ।

Image

Image

Image

Image

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .