ad ad

समाज


आज वर्षासँगै बाढीको खतरा, सजग रहन आग्रह (सूचनासहित)

आज वर्षासँगै बाढीको खतरा, सजग रहन आग्रह (सूचनासहित)

नेपालखबर
असार ११, २०७८ शुक्रबार ३:१२,

आज (शुक्रबार) पनि देशका धेरै स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिनमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश नं १ र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ।

यस्तै राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस क्रममा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ।

यसैबीच आज देशका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै सजग रहन बाढी पूर्वानुमान महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ।

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, ‘आज कन्काई, कोसी, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक मध्यम/भारी वर्षा भई बहाब केही बढ्ने तथा केही साना नदीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाई राखौं।’

यस्तै मौसम पूर्वानुमान महाशाखाले पनि आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।

जसमा भनिएको छ, ‘प्रदेश नं १ र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशका पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।’

badhi 11asar

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .