ad ad

समाज


रौतहटमा खेतमा पानी लगाउने विषयमा झडप, १४ जना घाइते

रौतहटमा खेतमा पानी लगाउने विषयमा झडप, १४ जना घाइते

शैलेन्द्र महतो
असार १२, २०७८ शनिबार १०:३०,

रौतहटको मौलापुरमा खेतमा पानी लगाउने विषयमा झडप हुँदा १४ जना घाइते भएका छन्।

शनिबार बिहान मौलापुर नगरपालिका १ स्थित मर्यादपुरमा मुलावी साह र हृदय यादव पक्षबीच खेतमा पानी लगाउने विषयमा झडप भएको हो। दुबैपक्षका मुलावी र हदृयसहित १४ जना घाइते भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी सुशील पाण्डेले जानकारी दिए।

उननका अनुसार शनिबार बिहान मुलाबी साहले हृदय यादवको खेतमा पानी लगाइदिएको विषयमा विवाद भएको थियो। विवाद चर्किएपछि दुबैका परिवार आफन्तबीच झडप भएको थियो।

घाइते सबैको अवस्था मध्यम र समान्य रहेको र उनीहरुको उपचार स्थानीय स्तरमा भइरहेको डीएसपी पाण्डेले नेपालबरलाई बताए। घटना पश्चात सोधपुछका लागि प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय वर्ष ३२ का शिवपुजन महतो र वर्ष ४२ का सुरश यादव रहेको प्रहरीले जनाएको छ।

झडपको अवस्था त्यहाँको अवस्था तनावग्रस्त भएको थियो। झडप नियन्त्रण गर्न ब्यापक मात्रामा प्रहरी परिचलान गरिएको थियो।

अहिले त्यहाँको अवस्था समान्य रहेको प्रहरीले जनाएको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको र त्यहि विषयमा छलफलसमेत भइरहेको रौतहटका एसपी सिद्धिविक्रम शाहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .