ad ad

समाज


एउटै ट्यांकरको ठक्करबाट दुई किलोमिटरको दुरीमा दुई जनाको मृत्यु

एउटै ट्यांकरको ठक्करबाट दुई किलोमिटरको दुरीमा दुई जनाको मृत्यु

शैलेन्द्र महतो
असार १२, २०७८ शनिबार १०:५४,

सप्तरीमा तेल बोकेको ट्यांकरले दुईवटा मोटरासइकलमा ठक्कर दिँदा दुई बालिकाको ज्यान गएको छ। अन्य तीनजना गम्भीर घाइते भएका छन्।

शनिबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा न.२ सीतापुर स्थित ना ७ ख ५४९५ नम्बरको ट्यांकरले दुई किलोमिटरकै अन्तरालमा दुई वटा मोटरसाइकललाई ठक्कर दिएको हो।

पश्चिमतर्फ गइरहेको सो ट्यांकरले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुबै मोटरसाईकलमा सवार दुई बालिकाको मृत्यु भएको हो।

दुर्घटनामा स ११ प २५८५ नम्वरको मोटरसाइकलमा पछाडि सवार रुपनी गाउँपालिका वडा न.३ कटैया बस्ने विष्णुदेव प्रमाणीकी ८ वर्षीया छोरी यसोधा कुमारी प्रमाणीको मृत्यु भएको छ। सोहि मोटरसाइकलमा सवार यसोधाकी ३२ वर्षीया आमा सुमनदेवी प्रमाणी र मामा कुसुमलाल मण्डल घाइते भएका छन्।

यस्तै सीतापुरभन्दा करिब २ किलोमिटरको पश्चिम चाँदनी चोकमा सोहि ट्यांकरले स २ प ५२४५ नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा पछाडि सवार कंचनरुप नगरपालिका वडा नं.–६ घोघनपुरका मो.अरणजैबकी ७ वर्षीया छोरी सुमैया प्रविणको मृत्यु भएको छ भने सोहि मोटरसाइकलमा सवार नविया प्रविण घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

घइतेहरुको स्थानीय स्तरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक उदयभान द्वीवेदीले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार दुबै बालिकाको शव पोस्टमार्टमको लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको छ।

दुर्घटना लगत्तै चालक फरार भएका छन्। ट्यांकरलाई नियन्त्रणमा लिएको र चालकको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ। घटना पश्चात स्थानीयहरुले केहिबेर राजमार्ग अवरुद्ध गरी प्रदर्शन समेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .