ad ad

समाज


खुलामञ्चको बसपार्क हटाएर पिक एण्ड ड्रप प्रणाली सञ्चालन गरिने

खुलामञ्चको बसपार्क हटाएर पिक एण्ड ड्रप प्रणाली सञ्चालन गरिने

नेपालखबर
असार १५, २०७८ मंगलबार १४:१७,

काठमाडौं महानगरपालिकाकाले खुल्लामञ्चस्थित बसपार्क हटाएर सबै सवारीसाधनलाई ‘पिक एण्ड ड्रप’ प्रणालीमा सञ्चालन गर्ने भएको छ।

महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारीसाधनहरु शहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिबस्न पाउने छैनन्। साथै उनीहरुले खुल्लामञ्चमा सवारी पार्किङ समेत गर्न पाउने छैनन्। काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौं टावर निर्माण गर्न थालेपछि बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो।

अहिले खुल्लामञ्चबाट पनि बसपार्क हटाएपछि यातायात व्यवसायी तथा मजदुरहरुले महानगरको निर्णयको विरोध गर्दै आएका थिए।

महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिहरुबीच मंगलबार भएको छलफलमा आरएनएसी आसपास, न्युरोड गेट अगाडि र विर अस्पताल अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाउने सहमति भएको महानगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए।

उनले भने, ‘साविकमा काठमाडौं महानगरपालिकाकाले सञ्चालन गरेको पुरानो बसपार्क भएको स्थानमा काठमाडौं टावर बनिरहेको छ। त्यसको निर्माण सम्पन्न भएपछि बसपार्क नै बन्ने हो। त्यो चाहीँ हामीले अस्थायी रुपमा खुलामञ्चमा सिफ्ट गरेका थियौं। तर खुल्लामञ्चलाई अहिले खुल्लामञ्चकै रुपमा प्रयोग गर्नुपर्ने अवस्था भएकाले बसपार्कलाई बन्द गरेर खुल्लामञ्चकै रुपमा प्रयोग गरेर त्यहाँबाट सञ्चालित बसहरुलाई पुरानो पिक एण्ड ड्रप पद्धतिमा (यो भन्दा अगाडि सिटी एरियामा चल्ने आधा भन्दा ज्यादा सवारीसाधनहरु पिक एण्ड ड्रपमा चल्थे) सञ्चालन गर्नका लागि हामीले व्यवसायी साथीहरुसँग बसेर छलफल गर्यौं। हामी अहिले के निष्कर्षमा पुगेका छौं भने शहरी इलाकामा चल्ने यात्रुवहाक सवारीसाधनहरुलाई पिक एण्ड ड्रप सिस्टमबाट सडकको किनारमा लगेर रोक्ने, ओराल्ने, उकाल्ने। अनि हिँडाईहाल्ने। यो लामो समयसम्म होल्ड गरेर एकैठाउँमा बस्ने कुरालाई निरुत्साहित गर्ने अभिप्रायबाट हामीले प्रक्रिया अघि बढाएका छौँ।’

उनले यातायात व्यवसायी तथा मजदुरका प्रतिनिधिसँगको लामो छलफल पछि खुल्लामञ्चमा भएको बसपार्कलाई सिल्ड गरेको उल्लेख गर्दे मंगलबारको छलफलमा आरएनएसीको आसपास, न्युरोड गेट अगाडि र विर अस्पतालको अगाडिको रोडमा नै पिक एण्ड ड्रपको सिस्टम अध्यावधी गरेर व्यवस्था मिलाउने सहमति भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .