त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गएको २४ घण्टामा भारतमा ८५३ कोरोना संक्रमितको मृत्यु भएको छ।
यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या चार लाखभन्दा बढी पुगेको हो। शुक्रबारसम्म चार लाख ३१२ जनाको मृत्यु भएको तथ्यांक छ।
हाल भारतमा ५ लाख सक्रिय संक्रमित छन्। पछिल्लो समय यहाँ कोरोनाको प्रभाव कम हुँदै गएको छ।
कोरोनाबाट संक्रमित हुनेको कुल संख्या भने भारतमा ३ करोड ४ लाख ५८ हजार पुगेको छ। २ करोड ९५ लाख ४८ हजार भने कोरोनामुक्त भएका छन्।
प्रतिक्रिया