ad ad

समाज


दाङमा बस दुर्घटना, १५ घाइते, ४ को अवस्था गम्भीर

 दाङमा बस दुर्घटना, १५ घाइते, ४ को अवस्था गम्भीर

नेपालखबर
भदौ १६, २०७६ सोमबार ११:४८,

प्युठानको स्वर्गद्वारीबाट कपिलबस्तु जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा १५ जना घाइते बनेका छन्।

सोमबार दिउँसो स्वर्गद्वारीबाट कपिलबस्तुतर्फ आउँदै गरेको लु२ख६२३९ नम्बरको बस दाङको गडबा नगरपालिका १ जुरौनीमा दुर्घटनामा परेको हो।

दुर्घटनामा १५ जना घाइते बनेको र घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी विनोदविक्रम शाहले जानकारी दिए।

घाइतेहरुको अहिले दाङको राप्ती पोलिक्लिनिक भालुवाङमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .