आज (मंगलबार) देशभर मौसम बदली भई केही ठाउँमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित मध्य, पूर्व र पश्चिमका केही स्थानमा वर्षा भइरहेको हो।
यस्तै दिउँसो पनि देशभर बदली भई केही स्थानमा मेघ गर्जन/चट्याङसहित पानी पर्ने अनुमान मौसमविद्ले गरेका छन्।
साथै पूर्वी र मध्य पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेकाे छ- देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाका साथै पहाडी भेगका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना हुने भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध छ|
प्रतिक्रिया