ad ad

समाज


शोभाभगवती परिसरमा सेनाको निःशुल्क स्वास्थ्यशिविर

शोभाभगवती परिसरमा सेनाको निःशुल्क स्वास्थ्यशिविर

नेपालखबर
भदौ १७, २०७६ मंगलबार ८:१२,

नेपाली सेनाले काठमाडौंमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ।

नेपाली सेनाको जगदल गणले स्थानीय शहीद गंगालाल प्रगति क्लबसँग सहकार्य गरेर मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्थित शोभाभगवती मन्दिरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो। सो स्वास्थ्यशिविरमा जनरल ओपीडी, रगत तथा सुगर परीक्षण र आँखा तथा दाँतको परीक्षण गरिएको थियो।

सो स्वास्थ्य परीक्षणबाट तीन सय जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएको नेपाली सेनाले जनाएको छ। स्वास्थ्य शिविरको उद्घाटन गर्दै नेपाली सेनाका सहायक रथी प्रयोग जबराले नागरिकसँगको सम्बन्धलाई थप सुदृढ बनाउन निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको कामलाई निरन्तरता दिइएको स्पष्ट पारे।

उनले सो सेवाबाट स्थानीय दर्शनार्थीहरु बढी लाभान्वित हुने विश्वास पनि व्यक्त गरे। उनले सो गणले काठमाडौंको थानकोट, मातातीर्थ, कीर्तिपुर, भीमढुंगामा पनि वातावरणीय संरक्षणका लागि वृक्षरोपणलगायतका काम गरिएको पनि स्मरण गराए। सो गणले सोही मन्दिर परिसरमा स्थानीयको सहयोगमा स्वास्थ्य चौकीको पनि स्थापना गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .