ad ad

समाज


घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

घटस्थापनामा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

वाशुदेव मिश्र
असोज १०, २०७६ शुक्रबार ८:२०,

गण्डकी प्रदेश सरकारले घटस्थापनाको दिन अर्थात् असोज १२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषदको बिहीबारको बैठकले घटस्थापनाको दिन बिदा दिने निर्णय गरिएको प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए।

यसअघि घटस्थापनाको दिनमा दिइँदै आएका बिदा संघीय सरकारले काटेको थियो। क्षेत्री समाज नेपालसहितका संघ÷संस्थाहरुले दशैँ सुरु हुने घटस्थापनाका दिन सार्वजनिक बिदा दिनुपर्ने माग राख्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र नै बुझाएका थिए।

प्रदेश सरकारले केन्द्र सरकारले प्रदान गरेको ६ दिन सार्वजनिक बिदा दिन पाउने अधिकारमा टेकेर यो बिदा घोषणा गरेको हो। घटस्थापनाका दिन पोखराको प्रमुख शक्तिपीठ विन्ध्यवासिनीमा शोभायात्रासहित धार्मिक महोत्सव सुरु हुँदैछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .