ad ad

समाज


गण्डकी प्रदेशका मुख्यमन्त्रीको गाउँमा पर्यटन महोत्सवको तयारी

गण्डकी प्रदेशका मुख्यमन्त्रीको गाउँमा पर्यटन महोत्सवको तयारी

वाशुदेव मिश्र
असोज १०, २०७६ शुक्रबार ९:४४,

 लमजुङको ठूलो गुरुङ गाउँ हो, गिलुङ। क्ब्होंलासोथर गाउँपालिका वडा नम्बर ९ मा पर्ने यो गाउँ समुद्री सतहबाट १४५० मिटरको उचाइमा छ।

गुरुङ भाषामा क्लिनु भनिने यो गाउँमा अहिले पनि ४ सय घरधुरी छन्। हुनेखानेहरु हङकङ, बेलायत र संसारभर छरिएका छन्। ठूलो गुरुङ गाउँका बासिन्दा पृथ्वीसुब्बा गुरुङ यतिबेला गण्डकी प्रदेशको मुख्यमन्त्री छन्। उनैको गाउँमा आउँदो कार्तिक २९ र ३० गते गिलुङ पर्यटन महोत्सव २०७६’ आयोजना हुँदैछ।

महोत्सवका आयोजक स्थानीय मिलन युवा क्लव हो भने गिलुङ समाज पोखरा, गिलुङ समाज हङकङ र गिलुङ समाज युकेले सघाएका छन्।
गाउँ चिनाउनु र पर्यटन प्रवद्र्धन गर्नु महोत्सवको उद्देश्य हो। त्यसो त मिलन युवा क्लवका अध्यक्ष सन्तोष गुरुङका अनुसार भर्खरै सुरु गरिएको होमस्टे प्रवद्र्धन तथा गाउँलेलाई पर्यटन उद्योगमा लगाउनु पनि महोत्सवको अर्को उद्देश्य हो।

महोत्सवमा सांस्कृतिक कार्यक्रम समावेश गरिएको वडाध्यक्ष नन्दजंग गुरुङले बताए। गिलुङ गुरुङहरुको परम्परागत नाच ‘घाँटु’ को लागि पनि प्रख्यात छ। महोत्सव सम्पन्न गर्न मिलन युवा क्लवका अध्यक्ष सन्तोषको अध्यक्षतामा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

महोत्सवबारे जानकारी दिन पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा गिलुङ पोखरा समाजका अध्यक्ष दूधमान गुरुङ ‘आशीष’ले जनाए अनुसार गाउँ छाडेर बाहिरिएकाहरुलाई गाउँप्रतिको अपनत्व जगाउन पनि यो कार्यक्रम आयोजना गरिएको हो। समाजका उपाध्यक्ष क्याप्टेन मेजर कुशप्रसाद गुरुङले महोत्सवले गिलुङ मात्र नभएर लमजुङका अन्य पर्यटकीय गाउँको प्रचारमा पनि सघाउने धारणा राखे।

पोखराबाट ४५ किलोमिटरको मोटर यात्रामा गिलुङ पुगिन्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .