मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर –६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा फेला परेको शवको सनाखत भएको छ।
उक्त शव चितवनको राप्ती नगरपालिका १ दुबिचौर बस्ने १७ वर्षीय पुष्पराज तमाङको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृतकका बुबा ईन्द्र बहादुर तामाङले पाईन्ट र चप्पलको आधारमा शवको सनाखत गरेको प्रहरीले जनाएको छ।
शुक्रबार मध्यवर्ती दोभान क्षेत्रमा चितवन राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरिप्रसाद पौडेललाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।
नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सुनाचुरी रेञ्ज पोष्टबाट ४ वटा हात्ती प्रयोग गरी चितवन र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको खोजी गर्ने क्रममा राप्तीखोला र लोथरखोलाको दोभानमै अर्को शव भेटिएको थियो।
सेना र निकुञ्जका अधिकारीले नरभक्षी बाघलाई नियन्त्रणमा लिएका छन्।
Shares
प्रतिक्रिया