ad ad

समाज


चीनको युनान र बागमती प्रदेशबीच भगिनी सम्बन्धका लागि छलफल

चीनको युनान र बागमती प्रदेशबीच भगिनी सम्बन्धका लागि छलफल

नेपालखबर
मंसिर २५, २०८० सोमबार ९:३०, हेटौँडा

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश र चीनको युनान प्रदेशबीच भगिनी सम्बन्ध स्थापित गराई आपसी सहयोगको वातावरण निर्माणका लागि प्रस्ताव गरेका छन्।

यही मंसिर १६ देखि २१ गतेसम्म भएको चीन भ्रमणका क्रममा प्रदेश प्रमुख शर्माले चीनको युनान प्रदेशका भाइस गभर्नरलाई बागमती प्रदेश र युनान प्रदेशबीच मित्रवत सम्बन्ध स्थापनाका लागि प्रस्ताव गरेका हुन्।
 
यस खालको सम्बन्ध स्थापित भएमा दुई देशका प्रदेशबीच आपसमा कृषि, पर्यटन लगायतका क्षेत्रमा सहयोगको वातावरण सृजना हुने अपेक्षा गरिएको छ।

यस्तै, भ्रमणका क्रममा चीनको स्थानीय तह र नेपालको स्थानीय तहबीच मित्रवत् सम्बन्ध स्थापित गरी आपसी सहकार्यमा अगाडी बढ्ने विषयमा पनि प्रदेश प्रमुख शर्माले आफ्नो भनाई राखेको प्रदेश प्रमुख शर्माका प्रेस संयोजक शिव चौलागाईंले जानकारी दिए।

प्रदेश प्रमुख शर्माको नेतृत्वको पाँच सदस्यीय भ्रमण टोलीले चीनको युनान प्रदेशको कृषि पर्यटनका विभिन्न क्षेत्रको अवलोकन गरेको छ।

भ्रमण टोलीमा प्रमुख शर्मा पत्नी उर्मिला चौलागाईँ, हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीना कुमारी लामा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँ र प्रदेश प्रमुखको कार्यालय बागमती प्रदेशका उप सचिव गोविन्द प्रसाद पौडेल सहभागी थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .