ad ad

समाज


मनहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २० वर्षीय युवकको मृत्यु

मनहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २० वर्षीय युवकको मृत्यु

नेपालखबर
माघ १९, २०८० शुक्रबार ११:७, हेटौँडा

मकवानपुरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालक युवकको मृत्यु भएको छ। 

मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ सुनादेवि मन्दिर अगाडी पूर्वपश्चिम राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख १७९६ नम्बरको ट्रकले हेटौँडाबाट चितवन तर्फ जाँदै गरेको बागमती प्र ०६ ००१ प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका वडा नम्बर–१२ वस्ने २० वर्षिय कोरेस चेपाङको मृत्यु भएको हो।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका चेपाङलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको थियो। उपचारको क्रममा गएराति उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .