दोलखामा आगलागीमा परर एक वृद्धको मृत्यु भएको छ।
बिगु गाउँपालिका–८ खोपाचाँगुका ८३ वर्षीय खड्गबहादुर श्रेष्ठको आगलागीमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
किराना पसलसमेत सञ्चालनमा रहेको घरमा आज (बुधबार) बिहान अचानक आगलागी हुँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक विक्रम लामाले जानकारी दिए।
आगलागीको कारण खुलेको छैन। स्थानीय र प्रहरीले आगो निभाएका छन्। घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
18
Shares
प्रतिक्रिया