रामेछापमा मलामी गएर घर फर्किदै गरेका एक पुरुष मृत फेला परेका छन्।
रामेछाप नगरपालिका- २ देउराली बस्स्ने वर्ष ४७ का ललितबहादुर खत्रीको शव फेला परेको प्रहरीले जनाएको छ।
खत्री बिहीबार छिमेकीको मलामी गएका थिए। दाहसंस्कारपछि घर फर्किएका खत्रीको रामेछाप २ बेसीडाँडास्थित सेराखोला कच्ची सडकमा शव फेला परेको हो।
उनको मृत्युको कारण खुलेको छैन। कुनै सवारी साधनले ठक्कर दिँदा उनको मृत्यु भएको आशंका स्थानीयले गरेका छन्।
खत्रीको शव पोष्टमार्टमको लागि मन्थली अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको रामेछाप प्रहरीले जनाएको छ।
1.7k
Shares
प्रतिक्रिया