काभ्रेको धुलिखेलमा ट्रक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। घाइते मध्ये दुई जनालाई बढी चोट लागेको प्रहरीले जनाएको छ।
काभ्रेभन्ज्याङबाट धुलिखेल तर्फ आउँदै गरेको बा ३ क २९३ नम्बरको महेन्द्र निशान ट्रक आफैँ अनियन्त्रि भएर धुलिखेल नगरपालिका- ७ बेइजिङप्लान नजिकैबाट एकसय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
दुर्घटनामा ट्रक चालक पनि घाइते भएका छन्। घाइते सबैको धुलीखेल अस्पतालमा उपचार गरिएको छ।
यी हुन् घाइते
१. चालक जिल्ला काभ्रे नमोमुद्ध न.पा ६ खाक्सि बस्ने वर्ष ५६ को ईन्द्र बहादुर तामाङ (हात खुट्टामा चोट, अवस्था मध्यम)
२. ऐ ऐ बस्ने वर्ष ६३ को गंगा बहादुर तामाङ हात खुट्टा र ढाडमा चोट अवस्था मध्यम
४.निजकै श्रीमति वर्ष ४३ की मिच्याउ तामाङ (ढाड, पेट र निधारमा चोट, अवस्था गम्भीर)
५. ऐ.ऐ बस्ने वर्ष ६५को पञ्चलाल तामाङ (शरिरका विभिन्न भागमा चोट, अवस्था मध्यम)
588
Shares
प्रतिक्रिया