ad ad

समाज


मकवानपुरमा करेन्ट लागेर युवकको मृत्यु

मकवानपुरमा करेन्ट लागेर युवकको मृत्यु

नेपालखबर
असार २६, २०८१ बुधबार ११:१२, हेटौँडा

मकवानपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। 

मकवानपुरगढी गाउँपालिका—८ का ३७ वर्षीय दिक्पाल स्याङ्तानको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

स्थानीय रामबहादुर घिसिङको बारीमा रहेको विद्युतको पोलको तार छुटाउने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृतक स्याङ्तानको शव पोष्मार्टमका लागि बुधबार बिहान हेटौँडा अस्पताल ल्याएइको जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .