काभ्रेको पनौतिमा सडकबाट खसेको अवस्थामा मोटरसाइकल चालकको शव फेला परेको छ।
आज बिहान पनौती नगरपालिका- ५ पुन्यमाता खोला भन्ने ठाउँमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको अवस्थामा २४ वर्षीय युवकको शव फेला परेको हो।
उक्त शव काभ्रेकै नमोबुद्ध नगरपालिका- १ घर भएका २४ वर्षीय दिपेन्द्र खड्काको भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।
बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्र. ३-०२-००७ प ५४११ नम्बरको मोटरसाइक दुर्घटना हुँदा त्यसमा सवार खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
सडकबाट करिब ६ मिटर तल खसेको अवस्थामा मोटरसाइकलसँगै युवकको शव फेला परेको हो।
शव पोस्टमार्टमका लागि प्रहरीले अस्पताल लगेको छ।
30
Shares
प्रतिक्रिया