अविरल वर्षासँगै खसेको पहिरोले गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ।
विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए।
‘दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ,’ उनले भने, ‘सडक खुलाउन केही समय लाग्ने देखिन्छ।’ रासस
30
Shares
प्रतिक्रिया