ad ad

समाज


‘मर्निङ वाक’मै बाघको आक्रमण, घाइतेको अवस्था गम्भीर

‘मर्निङ वाक’मै बाघको आक्रमण, घाइतेको अवस्था गम्भीर

फाइल तस्बिर


नेपालखबर
साउन २०, २०८१ आइतबार ८:५४, चितवन

बाघको आक्रमणबाट चितवनको भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन्। 

आज बिहान प्रातभ्रमणका क्रममा उनलाई बाघले आक्रमण गरेको हो।

भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।। 

बाघको आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको मुख र हातमा चोट लागेको छ। अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन्। 

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .