ad ad

समाज


बालेनकै कार्यालय अगाडि टुकुचा छोपेर बनेको सडकमा भ्वाङ (तस्बिर)

बालेनकै कार्यालय अगाडि टुकुचा छोपेर बनेको सडकमा भ्वाङ (तस्बिर)

बालेनले पनि बिहीबर राति परेको सो खाल्डो खाल्डो टुकुचा खोलामाथि रहेको बताएका छन्


सरोज नेपाल
साउन २५, २०८१ शुक्रबार १२:२०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको कार्यालयको प्रवेशद्वार नजिकै सडक भासिएपछि सवारी आवागमन प्रभावित भएको छ। बिहीबार राति सो सडकखण्डको सडक भासिएपछि अहिले अवातजावत बन्द गरिएको हो।

दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्डमा ठूलो भ्वाङ परेको छ। स्थानीयका अनुसार, भ्वाङ परेको सडक टुकुचा छोपेर बनाइएको सडक हो। 

उक्त सडक भासिएपछि मार्किङ गर्न जाने क्रममा एक जना प्रहरी अधिकारी पनि घाइते भएका थिए। उनको वीर अस्पतालमा उपचार गराइएको थियो। 

मार्किङ गर्न राति नै पुग्दा दरबारमार्ग वृत्तका इन्स्पेक्टर भूपेन्द्र बुढाथोकी घाइते भएका थिए। उनी अहिले अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पनि बिहीबर राति परेको सो खाल्डो खाल्डो टुकुचा खोलामाथिको रहेको बताएका छन्। 

महानगरपालिकाकै कार्यालय अगाडि परेको उक्त भ्वाङको भिडिओ सामाजिक सञ्जालमा राख्दै मेयर बालेनले भनेका छन्, ‘यो टुकुचामाथिको बाटो हो। अझै केहि घरहरू यसरी नै टुकुचा माथि रहेका छन्। काठमाडौँ महानगरले केहि समय पहिले यस्तै जोखिम देखेर खोला खुल्ला गर्न टुकुचा खोल्ने काम सुरू गरेका थियौँ। अदालती कारणले केहि रोकिन परेको थियो।’ 

अदालतको आदेशपछि टुकुचा खोलाको क्षेत्राधिकारभित्रका व्यक्ति विशेषका नाममा त्रुटिवस हुन गएको जग्गा कानुन बमोजिम लगत कट्टा गर्नका लागि सम्बन्धित मन्त्रालयमा पत्र पठाइसकेको पनि उनले बताएका छ्न्। 

सरकारले चाँडो भन्दा चाँडो लगतकट्टा गरेर उचित क्षतिपूर्ति वा मुअब्जा दिएर खोलाको अधिकार खोलालाई नै सुम्पिने वातावरण बनाउनुपर्ने  उनले बताएका छन्। 

तस्बिरहरूः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .