ad ad

समाज


गैह्रीगाउँ हत्या प्रकरण : बोल्न नसक्ने सञ्जय भण्डारीले लेखेर स्वीकारे अपराध

गैह्रीगाउँ हत्या प्रकरण : बोल्न नसक्ने सञ्जय भण्डारीले लेखेर स्वीकारे अपराध

नेपालखबर
भदौ ३१, २०८० आइतबार १८:१, काठमाडौँ

काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा शनिबार राति भएको चार जनाको हत्या प्रकरणमा एकजना बोल्न नसक्ने व्यक्तिले आफ्नो संलग्नता स्वीकारेका छन्। 

महानगरीय प्रहरी परिसर टेकुमा उनले फर्निचरमा पसेर आफूले चारजनाको हत्या गरेको स्वीकारेको एकजना प्रहरी अधिकारीले जानकारी दिए। 

‘आई किल्ड फोर पिपुल’, बोल्न नसक्ने उनले लिखित रुपमा चारजनाको हत्यामा आफ्नो संलग्नता प्रहरीसमक्ष सकारेका हुन्। 

चारजनाको हत्यामा आफ्नो संलग्नता स्वीकारेपछि परिसरमा सार्वजनिक गरिँदैछ। प्रहरीले सिन्धुपाल्चोक  बाह्रबिसे नगरपालिका-९ का भण्डारीलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको थियो। 

गैह्रीगाउँस्थित दिव्य स-मिलमा हत्या गरेको अवस्थामा शनिबार बिहान दुई पुरुष र २ महिलाको शव फेला परेको थियो। सुरुमा प्रहरीले ट्याक्सीमा चढेर नयाँ बानेश्वर वृत्त पुगेका दीपेन्द्र राईलाई नियन्त्रणमा लिएको थियो। 

गैह्रीगाउँको दिव्य स:मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .