ad ad

समाज


तनहुँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २६ वर्षीय युवकको मृत्यु

तनहुँमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २६ वर्षीय युवकको मृत्यु

नेपालखबर
माघ १५, २०८० सोमबार ८:५५, तनहुँ

तनहुँमा ट्रकको टक्करबाट मोटरसाइकल चालक युवकको मृत्यु भएको छ। 

आइतबार राति पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनीमा ग १ क ५०१२ नम्बरको मिनी ट्रकले प्र।३(०२(००९ प ८५३० नम्बरको मोटरसाइकल ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

ट्रकको ठक्करबाट आबुखैरेनी गाउँपालिका ३ का २६ वर्षीय सफल राना मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए। 

दुर्घटनामा गम्भीर घाइते भएका मगरलाई उपचारको लागी आबुखैरेनी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि राति नै पुरानो मेडिकल कलेज भरतपुर चितवन पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। 

दुर्घटनापछि ट्रक चालकलाई ईलाका प्रहरी कार्यालय आबुखैरेनीले पक्राउ गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .