भारतमा ६९औँ फिल्मफेयर फिल्म अवार्ड आइतबार घोषणा गरिएको छ।
गुजरातमा भएको अवार्ड समारोहमा आलिया भट्टलाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो।
फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा अभिनय गरेबापत उनले यो अवार्ड पाएकी हुन्।
रणवीर कपुरले फिल्म ‘एनिमल’मा गरेको अभिनयका लागि उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन्।
‘१२औँ फेल’ ले २०२३ को उत्कृष्ट फिल्मको अवार्ड पाएको छ भने फिल्मका निर्देशक विधु विनोद चोपडाले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन्।
विक्की कौशललाई फिल्म डन्कीमा अभिनय गरेबापत सर्वोत्कृष्ट अभिनेता (सहयोगी भूमिका) को उपाधि दिइएको छ।
फिल्म ‘रकी और रानी की प्रेम कहानी’मा अभिनय गरेबापत शबाना आजमीलाई सर्वोत्कृष्ट अभिनेत्री (सहयोगी भूमिका) को अवार्ड दिइएको छ।
186
Shares
प्रतिक्रिया