ad ad

समाज


जर्मन युवती माछापुच्छ्रेको भीरमा मृत भेटिइन्, सँगै गएका अमेरिकन युवक पक्राउ

जर्मन युवती माछापुच्छ्रेको भीरमा मृत भेटिइन्, सँगै गएका अमेरिकन युवक पक्राउ

बेपत्ता जर्मन युवतीको खोजीमा सशस्त्र प्रहरीको टोली


नेपालखबर
फागुन १३, २०८० आइतबार ८:५८, काठमाडौँ

कास्कीमा एक जर्मन युवती मृत अवस्थामा फेला परेकी छिन्। मृत फेला पर्नेमा जर्मन नागरिक २१ वर्षीया प्ला जोस् छिन्।

शनिबारदेखि बेपत्ता उनलाई सशस्त्र प्रहरी बलको बिपद् उद्दार टिमले खोजतलासको क्रममा आइतबार बिहान भीरमा मृत अवस्थामा फेला पारेको हो। उनको शव अझै भीरमै छ।

उनी अमेरिकन केटा साथीसँग घुम्न गएको बेला कास्कीको माछापुच्छ्रे गाउँपालिका- १ मिर्सा भन्ने ठाउँको भिरबाट खसेर बेपत्ता भएकी थिइन्।

माछापुच्छ्रे घुमेर पोखरा फर्कने क्रममा उनी भीरबाट खसेको बयान उनका अमेरिकन केटा साथीले दिएका छन्। प्रहरीले उनको नाम भने सार्वजनिक गरेको छैन।

आफ्नी साथी भीरबाट खसेको भन्दै ती अमेरिकन युवकले शनिबार साँझ स्थानीय प्रहरीलाई जानकारी गराएपछि सशस्त्र प्रहरीको टोली खोजी कार्यमा जुटेको थियो। 

खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नम्ब २४ कालीका गण कास्कीबाट खोजतलासको लागि १५ जनाको विशेष  खोज तथा उद्दार टिम खटिएको थियो। 

ती युवतीको शव डोरीको सहायतामा भीरबाट निकाल्ने प्रयास भइरहेको सशस्त्र प्रहरी बलका सह प्रवक्ता डीएसपि शैलेन्द्र थापाले जानकारी दिए। 

युवतीको मृत्यु भएपछि प्रहरीले थप अनुसन्धानको लागि उनका केटा साथीलाई नियन्त्रणमा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .