ad ad

समाज


धुर्कोटका ५५९ घरमा खानेपानीको धारा

धुर्कोटका ५५९ घरमा खानेपानीको धारा

नेपालखबर
साउन १५, २०८१ मंगलबार १३:१६, गुल्मी

धुर्कोट गाउँपालिका-३ हाडहाडेमा सञ्चालित ठूलामूल लिफ्टिङ खानेपानी आयोजनाबाट पाँच सय ५९ घरमा खानेपानी सुविधा उपलब्ध भएको छ।

आर्थिक वर्ष २०७६-७७ मा सुरु भएको उक्त योजना हालै सम्पन्न भएको हो। एउटै आयोजनाबाट यति धेरै घरमा शुद्ध पेयजलको व्यवस्था भएको धुर्कोट पालिकाको यो पहिलो ठूला खानेपानी आयोजना हो। 

आयोजनाबाट हाडहाडेका मोटिखर्क, निन्यूखर्क, पाथ्थरपानी, अबुवा, सिर्बु, मोरमारेलगायत टोलका बासिन्दा लाभान्वित भएका छन्।

आयोजनाबाट झण्डै दुई हजार दुई सयभन्दा बढी अप्रत्यक्ष रुपमा लाभान्वित भएका छन्। सैनिक प्रावि, वडा कार्यालय, स्वास्थ्य चौकीलगायत संस्थाहरुमा यसै आयोजनाको पानी उपलब्ध गराइएको छ। दैनिक रुपमा घरमै पानी आएपछि स्थानीयको दैनिकी फेरिएको छ।

‘पहिले पहिले एक घण्टा हिँडेर पानी लिन जानुपथ्र्यो,’ स्थानीय ६८ वर्षीया मनकुमारी थापाले भने, ‘अहिले घरमै पानी आउदा सहज भएको छ।’ पहिले खेताला लगाएर पानी ल्याएको उनले बताए।

ठुलामूल खानेपानी उपभोक्ता समितिका सचिव नीरबहादुर घमले आयोजना सम्पन्न गर्न चार करोडभन्दा बढी खर्च भएको जानकारी दिए। 

आयोजना सम्पन्न भएसँगै हाडहाडेका पाँच सय ५९ घरमा धारा जडान भएका छन्। धुर्कोट गाउँपालिकामा पाँच हजार तीन सय ८२ घर छन्। हाल पालिकाका अधिकांश घरमा स्वच्छ पानीको सुविधा उपलब्ध छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .