सुर्खेतसहित कर्णली प्रदेशका पाँच वटा जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ। आज (शनिबार) बिहान ८ बजेदेखि कर्णालीका पाँच जिल्लामा विद्युत सेवा अवरुद्ध भएको हो।
सुर्खेत, जाजरकोट, दैलेख, कालीकोट र जुम्लामा विद्युत सेवा अवरुद्ध भएको हो।
नेपाल विद्युत प्राधिकरण सुर्खेतले बिहान आठ बजेदेखि साँझा ५ बजेसम्मा लागि विद्युत सेवा अवरुद्ध भएको जनाएको छ।
नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्रका प्रमुख अशोक लोहनीले कोहलपुरदेखि सुर्खेत खण्डमा पर्ने १३२ केभी र कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाईन मर्मत गर्नु पर्ने भएकाले विद्युत अवरुद्ध भएको जानकारी दिए।
उनले भने, ‘सुर्खेतको छिन्चुसम्म लाइन चालु रहेको छ। त्यहाँबाट यता वीरेन्द्रनगर दैलेख, जाजरकोट, कालीकोट र जुम्लामा विद्युत सेवा अवरुद्ध भएको छ। छिन्चु र रामघाटको बीचमा पर्ने मैदाने चौर नजिक १३२ केभी प्रसारण लाइनको तार तानिरहेको र हाल सञ्चालनमा आएको ३३ केभी प्रसारण लाइन पनि सोही ठाउँमा भएकाले विद्युत सेवा अवरुद्ध गर्नु परेको हो।’
Shares
प्रतिक्रिया