दैलेखको दुल्लुमा ट्याक्टर दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।
दुर्घटनामा परेर घाइते भएका ६ जनामध्ये थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
बिजलुीको पोल बोकको भे.१ त ८९६ नम्बर ट्रयाक्टर दुल्लु नगरपालिका –६ घडास्थित भित्री सडक खण्डमा आइतबार दुर्घटनामा परेको थियो।
दुर्घटनामा दुल्लु नगरपालिका –६ का ५५ बर्षीय मानबहादुर रावलको घटनास्थलमै मृत्यु भएको थियो।
दुल्लु ६ खच्चेगैराका ५६ वर्षीय कमारो रावल र ट्याक्टर चालक २५ वर्षीय कमल शाहीको उपचारका क्रममा सुर्खेतको कालागाउँ अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख सुनिल दाहालले दिएको जानकारी अनुसार पोलको ओजनले असन्तुलित बनेपछि ट्याक्टर दुर्घटनामा परेको हो। बाँकी तीनजना घाइतेको उपचार भइरहेकाे छ।
Shares
प्रतिक्रिया