ad ad

समाज


सल्यानमा घरभित्र र बाहिर भेटियो युवा उमेरका पति-पत्नीको शव, डीएसपीको टोली घटनास्थलमा

सल्यानमा घरभित्र र बाहिर भेटियो युवा उमेरका पति-पत्नीको शव, डीएसपीको टोली घटनास्थलमा

फाइल तस्बिर


दिनेश बुढा
जेठ १, २०८१ मंगलबार १०:२०, सुर्खेत

सल्यानमा पतिपत्नीकै शव फेला परेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले श्रीमतीको हत्यापछि एक युवकले आत्महत्या गरेको देखाएको छ। 

सल्यानको सिद्धकुमाख गाउँपालिका–४ सागिनेका ३१ वर्षीय केशव रानाले श्रीमती २७ वर्षीया केवती रानाको हत्या गरि आफूले आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। 

प्रहरीका अनुसार केशवले धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन्।

‘केशवले श्रीमती केवलीको हत्यापछि आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नवीन कार्कीले नेपालखबरसँग भने, ‘हामी अहिले घटना स्थलतिर जाँदैछौँ।’ 

केशवले सुत्ने कोठामा श्रीमतीको हत्या गरी घरदेखि नजिकै रहेको रुखमा झुन्डिएर आत्हत्या गरेका प्रहरीको भनाई छ।  

घटनास्थलमा प्रहरी पुग्नै बाँकी रहेको डीएसपी कार्कीले बताए। हत्या र आत्महत्याको यो घटना भने सोमबारकै भएको स्थानीयले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .