सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकमा बुधबार राति हात्तीले आक्रमण गर्दा स्थानीय २५ वर्षीय रविन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
खड्का बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटो भएर हिँड्दै गर्दा हात्तीको आक्रमणमा परेका हुन्।
हात्तीको आक्रमणबाट युवकको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्।
108
Shares
प्रतिक्रिया