ad ad

समाज


झापा, मोरङ र सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु

झापा, मोरङ र सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एक सातामा ३ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
मंसिर १९, २०८० मंगलबार ६:३५, विराटनगरमा

एक साताको अवधिमा जंगली हात्तीको आक्रमणबाट कोशी प्रदेशका तीन जिल्लामा तीन जनाको मृत्यु भएको छ। 

मोरङ, झापा र सुनसरीमा जंगली हात्तीको आक्रमणमा परेर तीन जनाको मृत्यु भएको हो।

मोरङको बेलबारीमा जंगली हात्तीले आक्रमण गर्दा सोमबार लेटाङ- ३ का  ५३ वर्षीय कमल माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी रन्जन दाहालले जानकारी दिए। 

साइकलमा गन्तव्य तर्फ जाँदै गरेका माझीलाई बेलबारी नगरपालिका–१० भाउन्नेस्थित सिर्जना सामुदायिक वन क्षेत्रमा  सोमबार बिहान हात्तीले आक्रमण गरेको थियो। 

हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यसअघि गएको शुक्रबार झापाको हल्दिबारीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो।

हल्दीबारी गाउँपालिका-३ मा रहेको रणकाली सामुदायिक वनका चौकीदार (वनहेरालु) ४० वर्षीय धनबहादुर वनको हात्तीको आक्राणबाट मृत्यु भएको हो। 

शुक्रबार बिहान जंगल सुरक्षाको लागि गएका वनको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यसअघि सुनसरीको इटहरीमा पनि जंगली हात्तीको आक्रमणबाट एक युवकको मृत्यु भएको थियो।

इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकमा गएको बुधबार राति हात्तीले आक्रमण गर्दा स्थानीय २५ वर्षीय रविन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

नजिकैको बजारबाट घर फर्किंदै गरेका खड्काको पनि जंगली हात्तीको आक्राणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

पछिल्लो समय कोशी र मधेश प्रदेशमा पर्ने तराईका जिल्लाका जंगली हात्तीको आतंक बढेको स्थानीयले बताएका छन्। 

हात्तीले बालीनाली खाइदिँदा किसान पनि चिन्तित छन्। उनीहरुले जंगली हात्ती नियन्त्रणको लागि सरकारसँग माग गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .