ad ad

समाज


सर्लाहीमा फेरि पाँच बिघा गाँजा फँडानी

सर्लाहीमा फेरि पाँच बिघा गाँजा फँडानी

नेपालखबर
मंसिर २५, २०८० सोमबार ६:३५, सर्लाही

सर्लाहीको ईश्वरपुर नगरपालिका १२ स्थित चुरे क्षेत्रमा प्रहरीले पाँच बिघा जमिनमा लगाएको गाँजा फँडानी गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारको नेतृत्वमा गएको प्रहरी टोलीले ईश्वरपुर १२ पिपलदमार भन्ने ठाउँमा लगाइएको गाँजा फँडानी गरेको हो। 

यस अघि सर्लाही प्रहरीले लालबन्दी नगरपालिका १४ र १५ नारायणखोला क्षेत्रमा पनि १५ बिघा गाँजा फँडानी गरेको थियो। 

प्रहरी प्रशासनको ठूलो फौज आएर गाँजा फँडानी गरेपछि स्थानीय किसान भने पीडामा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .